Home / World News / अमेरिकाका २५ सहरमा कर्फ्यु, प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु, दर्जनौं नियन्त्रणमा

अमेरिकाका २५ सहरमा कर्फ्यु, प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु, दर्जनौं नियन्त्रणमा

न्युयोर्क । अमेरिकाका १६ राज्यका २५ सहरमा आन्दोलन हिंसात्मक बन्दै गएपछि कर्फ्यु जारी गरिएको छ ।

४६ वर्षका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मिनेसोटा राज्यको मिनियापोलिसमा रहेको प्रहरी चौकीमा निधन भएपछि त्यसको विरोधमा अमेरिकामा प्रदर्शन भइरहेको छ ।

फ्लोइडलाई गत सोमबार प्रहरी अधिकारीले घाँटीमा घुँडाले थिचेर पक्राउ गर्दै गरेको भिडियो सामाजिक सञ्‍जालमार्फत् सार्वजनिक भएपछि विरोध प्रदर्शन सुरु भएको हो ।

फ्लोइडको प्रहरी हिरासतमै निधन भएको थियो । उनको हत्या अभियोगमा बर्खास्तमा परेका घाँटी थिच्‍ने प्रहरी अधिकारीलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

तर, पनि मिनेसोटासहित अमेरिकाका विभिन्‍न सहरमा प्रदर्शन जारी छ ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्ने तथा प्रहरी चौकी र सवारी साधान तोडफोड एवम् आगजनी गरिरहेका छन् । विभिन्‍न स्थानमा लुटपाटका घटनासमेत बढेको बताइएको छ । 

प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नेसहितका उपायहरु गरिरहेको छ ।

तर, पनि अवस्था नियन्त्रण भन्दा बाहिर गएपछि क्यालिफोर्निया, क्लोराडो, फ्लोरिडा, जर्जिया, इलियोनिस, केनटुकी, मिनिसोटा, न्युयोर्क, ओहियो, ओरेगन, पेन्सलभानिया, साउथ क्यारोलिना, टिनेसे, उटा, वासिङ्टन र विसकन्सिनलगायतका १६ राज्यका २५ सहरमा कर्फ्यु जारी गरिएको हो ।   

शनिबारमा उग्र प्रदर्शन गरिएपछि इन्डियानापोलिसमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । 

कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका दुई दर्जनभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रिपोर्टिङको क्रममा सन्चारकर्मि

क्यालिफोर्निया

बेभर्ली हिल्स

लस एन्जलस

कोलोराडो

डेन्भर

फ्लोरिडा

मियामी

जर्जिया

एट्लान्टा

ILLINOIS

शिकागो

KENTUCKY

लुइसभिल

मिनेसोटा

मिनियापोलिस

सेन्ट पल

न्यूयोर्क

रोचेस्टर

ओहियो

सिन्सिनाटी

क्लीभल्याण्ड

कोलम्बस

डेटन

टोलेडो

OREGON

यूजीन

पोर्टलैंड

पेन्सेल्भेनिया

फिलाडेल्फिया

पिट्सबर्ग

दक्षिण कैरोलिना

चार्ल्सटन

कोलम्बिया

TENNESSEE

न्यासभिल

UTAH

साल्ट लेक सिटी

वाशिंगटन

सिएटल

WISCONSIN

मिलवाकी

– सीएनएन

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *