काठमाडौं : भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको हरिनाथगन्जका ३० वर्षीय लोकनाथ ठाकुर रहेका छन्।
ना३२प ६६ ७३ नम्बरको मोटरसाइकल गए राति करिब साढे ११ बजे कौशलटारनजिकै आफैँ अनियन्त्रित भई रेलिङमा ठोक्किँदा उनको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्साकै वीरगन्जका नेपाल प्रहरीमा कार्यरत सियाराम सिंह गम्भीर घाइते भएका छन्। उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल नियन्त्रणमा रहेको महानगरीय प्रहरी प्रभाग बालकोटले जनाएको छ।






