काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार पछिल्लो समय १६६ जनामा कोरोना देखिएको हो ।
उनले एक सय ६२ पुरुष र ४ महिलामा संक्रमण देखिएको पनि बताए ।
प्रवक्ता देवकोटाका अनुसार हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६९ हजार ५८२ वटा नमुना परीक्षण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ८५३ वटा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख १९ हजार १९२ जना रहेको पनि उनले जानकारी दिए । आज थप एकजना कोरोना संक्रमित निको भएर घर गएका छन् । कोरोना निको हुनेको संख्या २२० पुगेको छ । डिस्चार्ज हुनेमा पुरुष १७२ र महिला ४८ जना छन् ।






