ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया सुत्केरी शान्ता भट्टराई लिम्बूको बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेका कारण होलिकोप्टरमार्फत उद्धार गरिएको छ।
उनलाई राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत ताप्लेजुङ हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो।
सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूका अनुसार शान्ता लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए।






