काठमाडौं : पूर्व युवराज पारस शाह विभिन्न गतिविधिका कारण उनको प्रसस्तै टिकाटिप्पणी पनि हुने गरेको छ। कहिले ट्राफिक नियमको उल्लघंन त कहिले केटी साथीसँगको घुमघाम, कहिले हेलमेट नलगाई मोटरसाइकलमा सवारगरेर बेला–बेलामा चर्चामा आइरहन्छन्।
स्ट्यान्डअप कमेडी रियालिटी शो कमेडी च्याम्पियनको आजको श्रृंखलाका लागि भरतमणिले पूर्व युवराज पारसको हुलियासहित नक्कल गर्दैछन। उनि पारशको हुबहु नक्कल गरेर आफ्नो प्रस्तुति दिने तयारीमा रहेका छन्। स्ट्यान्डअप कमेडियन भरतमणि पौडेल भने पूरै प्रस्तुति नदिँदै चर्चामा छन्।
सार्वजनिक ट्रेलरमा भरतमणिले पूर्व युवराजको लवजमा निर्णायकलाई रोष्ट गर्नेछन् । तत्कालीन समयमा दरबारमा कलाकार जार्ने गरेको प्रसंग, केही समय अगाडि हेलमेट नलगाई बाइक चलाएपछि ट्राफिक प्रहरीले रोकेपछिको विवादको प्रसंग उठाएको ट्रेलरमा देख्न सकिन्छ । ट्रलेर युट्युबको ट्रेन्डिङमा आउनुले यो प्रस्तुति रुचाइएको भन्न सकिन्छ ।
भरतमणि शोको विजेताका दाबेदार मानिएका प्रतिस्पर्धी पनि हुन् । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि उनलाई दर्शकले ‘नोटिस’ गरेका थिए ।
ताप्लेजुङका उनलाई एमाले नेता तथा पूर्व मन्त्री योगेश भट्टराईको पनि साथ छ । उनले भरतमणि शोको विजेताको दाबेदार भन्दै राम्रो लागेका भोट गर्न आग्रह गरेका छन् । गृहजिल्लाका कमेडियन भरतमणिलाई उनले हास्यव्यंग्य क्षेत्रको ‘उदाउँदो मणि’ भनेका छन् । योगेशको पहलमा यसअघि नै भरतमणिलाई ६ लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरिएको छ ।
कमेडी च्याम्पियनमा अहिले भरतमणिसँगै हिकमत महरा, बिक्की अग्रवाल र सन्तोष थापा छन् । शो फाइनल नजिक पुग्दा गृह जिल्लाका नेताहरुले प्रतिस्पर्धीलाई खुलेरै भोट मागेका छन्।






