बैतडी : बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ।
दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो।
स्थानीय कलुवाड मोडबाट लडेर घाइते भएका भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहान ४ बजे धनगढी रेफर गरिएको थियो।






