Home / Society / पर्वतमा बाटो हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला चोरी गर्ने दुई अभियुक्त पक्राउ

पर्वतमा बाटो हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला चोरी गर्ने दुई अभियुक्त पक्राउ

पर्वत : मोटरसाइकल र स्कुटर प्रयोग गरी बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला चोरी गर्ने दुई अभियुक्त पर्वतमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ अमलाचौरका २३ वर्षीय शिव विश्वकर्मा र २० वर्षीय सागर सापकोटा रहेका छन्। मोटरसाइकल र स्कुटरमा सवार उनीहरूले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा पक्राउ परेका हुन्।

स्कुटर चढेर हिँडेका दुई अपरिचित व्यक्तिले पुस २९ गते मोदी गाउँपालिका–८ पाउदीखेत भन्ने ठाउँमा सडकमा हिँडीरहेकी सोही ठाउँकी ७० वर्षीया महिलाको नगदसहितको झोला चोरी गरेर भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिका–११ पकुवास्थित सार्वजनिक स्थानमा ती गिरोहलाई फेला पारेका थिए। उनीहरुले प्रयोग गर्दै आएको प्रदेश २–०३–०१०–प–१५०३ नं को स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुको साथबाट अस्पतालमा शल्यक्रियापूर्व बिरामीलाई बेहोस पार्न प्रयोग गरिने औषधि, चोरी गरेको रु १९ हजार १३०, झोला, चोरी गर्न मानिसलाई लठ्याउन प्रयोग गर्ने क्लोरोफर्म नामक रसायन तथा कैंचीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *