Home / Nepal / सुनील कोइरालाको गीति संग्रह ‘सुनील’ सार्वजनिक

सुनील कोइरालाको गीति संग्रह ‘सुनील’ सार्वजनिक

काठमाडौं : लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनील कोइरालाको गीति संग्रह ‘सुनील’ सार्वजनिक भएको छ। चर्चित टेलिभिजनकर्मी तथा फिल्म/म्युजिक भिडियो निर्देशक भूषण दाहालले ‘सुनील’को राजधानीमा हालै आयोजित कार्यक्रमा विमोचन गरेका हुन्।

सञ्चारकर्मी दाहालले पुस्तकको विमोचन गर्दै सुनीलका प्रायः गीतहरु सरल र सुन्दर भएको बताए। “प्रविधिले साथ नदिए पनि कतिपय गीतहरु सुनिरहुँ लाग्ने हुन्छन् र मेरो अनुभवमा ती गीतहरु सरल छन्।”

कार्यक्रमका विशिष्ठ अतिथि तथा फिल्म निर्देशक मनोज पण्डितले गीति संग्रहमा प्रजातन्त्र प्राप्त भएपछि विकास भएको सर्जकले देशप्रेम र प्रेमका विषयमा चर्चा गर्नुभएको र चेतना स्तरलाई मध्यमवर्गिय परिवारको आँखाबाट आफ्नो भाव व्यक्त गर्न गीतकार सुनील सफल रहेको बताए।

९९ गीतको संग्रह रहेको ‘सुनील’ गीति संग्रह स्कुल अफ लिडर्स प्रालिले प्रकाशन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *