Home / Nepal / कास्की, लमजुङ र गोरखाका केही स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

कास्की, लमजुङ र गोरखाका केही स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं : कास्की, लमजुङ र गोरखाका केही स्थानमा शनिबार भारी वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभागले कास्कीको घलेखर्क र ज्यामिरेबारी, लमजुङको बेसीसहर र खुदीबजार तथा गोरखाको बारपाक र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको जनाएको छ।

शनिबार राति ९ बजेर ५० मिनेटमा सूचना जारी गर्दै विभागले सो क्षेत्र भई बहने साना खोलाहरुमा आकस्मिक बहाव हुन सक्ने भएकोले सतर्क रहन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *