Home / Nepal / News / झापाको दमकमा तास खेलिरहेको अवस्थामा एक लाख ६० हजार रुपैयाँ नगदसहित ६ जना पक्राउ

झापाको दमकमा तास खेलिरहेको अवस्थामा एक लाख ६० हजार रुपैयाँ नगदसहित ६ जना पक्राउ

काठमाडौं : झापाको दमक नगरपालिका–८ मा सञ्चालन रहेको पेरुङगो होटेलको दोस्रो तलामा शनिबार तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालयबाट खटिए प्रहरीका अनुसार एक लाख ६० हजार रुपैयाँ नगदसहित प्रहरीले तीन बुक ताससमेत बरामद गर्नुको साथै उनीहरुलाई पनि नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *