Home / Technology / गुगल सर्च एण्ड असिस्टेण्टको प्रमुखमा प्रभाकर नियुक्त, महत्वपूर्ण पदमा पुग्ने उनी दोस्रो भारतीय

गुगल सर्च एण्ड असिस्टेण्टको प्रमुखमा प्रभाकर नियुक्त, महत्वपूर्ण पदमा पुग्ने उनी दोस्रो भारतीय

काठमाडौं । बिश्वकै सबैभन्दा ठूलो ईन्टरनेट सर्च इन्जिन कम्पनी गुगलले सर्च एण्ड असिस्टेन्ट डिपार्टमेण्टका प्रमुखका रुपमा भारतीय नागरिक प्रभाकर राघवनलाई नियुक्त गरेको छ ।

६० बर्षीय राघवन सन् २०१२ देखि गुगलमा कार्यररत छन् । उनको जन्म भारतको चेन्नेईमा सन् १९६० मा भएको थियो ।

गुगलका हालका सिईओ सुन्दर पिचाई पनि भारतीय नै हुन् ।

यसअघि उनी गुगल एप्स र गुगल क्लाउडका समेत उपप्रमुखका रुपमा काम गरिसकेका छन् ।

यसरी गुगलको महत्वपूर्ण पदमा पुग्ने राघवन दोस्रो भारतीय हुन् ।

उनले अब यसअघि बेन गोमले सम्हाल्दै आएको गुगल सर्च एण्ड असिस्टेण्ट डिपार्टमेण्टका प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।

राघवनले अमेरिकाको क्यालिफोर्निया विश्वबिद्यालयबाट ईलेक्ट्रिकल एण्ड कम्प्युटर साईन्स बिषयमा पिएचडी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *