Home / World News / म्यारोडोनाको निधन

म्यारोडोनाको निधन

एजेन्सी  । अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ । बीबीसीले म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको बताएको छ । 

हृदयघातको कारण उनको घरमै निधन भएको हो । मस्तिष्कको ब्लड क्लोटको शल्यक्रियापछि म्यारोडोना दुई साता अघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।

युरोपियन क्लब बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका क्लबबाट खेलेका उनी सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।उनले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए  अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए ।

म्यारोडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । उनी लामो समय क्लब फुटलमा पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको रुपमा चिनिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *