सिन्धुपाल्चोक – निरन्तरको बर्षाका कारण शनिबार बेलुकी आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुयाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनु भएको छ।
अधीकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची बजारमा ६ घर बगेका छन् । यसै गरी बाढीले ग्याल्थुम बजार जोड्ने झोलुंगे पुल बगाएको छ भने दर्जन बढी घर बगाएको छ।यसैगरी बाढीले रेडीयो मेलम्चीको कार्यलय पनि ढाली दिएको छ।
हेलम्बु , ग्याल्थुम मेलम्ची बजार क्षेत्रका स्थानीय लाइ जनप्रतिनिधि र सुरक्षाकर्मी ले खबर गरेका कारण मानबिय क्षती हुन नपाएको स्थानिय जनताले बताएका छन।





