Home / Nepal / पिकअप भ्यान त्रिशूलीमा खस्दा एकजना घाइते तीन जना बेपत्ता

पिकअप भ्यान त्रिशूलीमा खस्दा एकजना घाइते तीन जना बेपत्ता

प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।  एक जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ । 

यस्तै बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का छन् । घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । त्रिशूलीमा खसेको पिकअप पानीले डुबेर नदेखिने अवस्थामा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *