Home / Sports / पोर्चुगलको २ आत्माघाती गोलको मद्दतले जर्मनीको सानदार जित

पोर्चुगलको २ आत्माघाती गोलको मद्दतले जर्मनीको सानदार जित

काठमाडौं । युरोकप फुटबलमा साबिक विजेता पोर्चुगलले जर्मनीसँग हार बिहोरेको छ । पोर्चुगल र जर्मनीबीचको खेलको पहिलमा जर्मनीले अग्रता बनाएको थियो । म्युनिखमा जारी खेलको पहिलो हाफ सकिंदा जर्मनीले पोर्चुगलमाथि २-१ को अग्रता बनाएको थियो ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको १५औं मिनेटमा गोल गरेका थिए भने । जर्मनीका लागि दुवै गोल पोर्चुगलका डिफेन्डर रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरेका थिए ।

खेलको ५१ औं र ६० औं मिनेटमा जर्मनीले तेश्रो र चौथो गोल गरेको थियो। खेलको ६७ मिनेटमा पोर्चुगलका गोटाले एक गोलगरेता पनि जित हात पार्न सकेन अन्तत जर्मनि ४-२ ले बिजयि भएको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *