Home / Sports / पाँच खेलाडी छनोट, आईटीएफ एसियाका लागि

पाँच खेलाडी छनोट, आईटीएफ एसियाका लागि

काठमाडौं : आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनका लागि नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडी छनोट भएका छन्।

नेपाल टेनिस संघले आयोजना गरेको छनोटबाट पुरुषमा बोरिस अधिकारी, निशाद जोशी र दर्शिल श्रेष्ठ छनोट भएका छन्। त्यस्तै, महिलामा शिभाली गुरुङ र मान्सा कँडेल छानिएका छन्।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा साउन २७ देखि २९ गतेसम्म भएको छनोटको पुरुषमा ६ र महिलामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाका अनुसार पाकिस्तानको इस्लामाबादमा हुने उक्त प्रतियोगिता दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगिता हो । यस प्रतियोगिताबाट पुरुष/महिलामा समान २–२ राष्ट्रले काजाकस्तानमा नोभेम्बर २२ तारिखदेखि हुने प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्ने छन् । पाकिस्तानमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी हुने छन् ।

प्रतियोगितामा सहभागी हुन नेपाली टोली सेप्टेम्बर ११ मा इस्लामाबाद पुग्ने तालिका रहेको कार्यालय सचिव देवकोटाले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *