काठमाडौं : बैतडीको पञ्चेश्वर गाउँपालिका–५, खनाडीमा आफ्नै छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बस्ने ४० वर्षीय राजबहादुर चन्द छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरीचौकी बलाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
राजबहादुरले आफ्नै घरमा तीन महिनाको छोरा लक्ष्मणलाई लछारपछार गरी कुटपिट गर्दा शिशुको घटनास्थलमै मृत्यु भएको र उनका बुवा ७० वर्षीय मन्धिर चन्दलाई समेत कुटपिट गरी घाइते बनाएको खुलेको छ।
कुटपिटबाट घाइते भएका बुवा मन्धिरको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।






