काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवसँग वार्ताका लागि टोली गठन गर्नु सकारात्मक भएको प्रतिक्रया दिएको छ।
पार्टीका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति प्रकाशित गरी कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको बताएका हुन् ।
‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ।’ शर्माले विज्ञप्तिमा भनेका छन्।
आज सरकार र विप्लव समूहले वार्ताका लागि टोली गठन गरेका छन्।






