Home / Nepal / बिरामीको नमुना परीक्षण विराटनगरबाट पनि

बिरामीको नमुना परीक्षण विराटनगरबाट पनि

विराटनगर । सरकारले कोरोना भाइरस (कोभिड १९) को शंकास्पद बिरामीको नमुना परीक्षण विराटनगरबाट पनि गर्ने तयारी गरेको छ ।

नमुना संकलन गर्नुपर्ने संख्या बढेसँगै विराटनगरबाट पनि परीक्षण सुरु गर्न थालिएको हो ।

कोसी अस्पतालमा शंकास्पद बिरामीको स्वाब परीक्षण गर्न ल्याब र उपकरणको समेत व्यवस्था भएको छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार आवश्यक उपकरण र केमिकल चार्टर हेलिकप्टरमार्फत विराटनगर आइपुगेको छ ।

“भोलिदेखि नै परीक्षण सुरु गर्ने हाम्रो तयारी छ,” उनले भने ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले दैनिक २० जनासम्म नमुना परीक्षण भइरहेको घिमिरेले बताए ।

अब प्रदेशका सबै १४ जिल्लाबाट नमुना संकलन गरेर ल्याई धरान र विराटनगरमा परीक्षण हुनेछ ।

वीर अस्पताल काठमाडौंका जेनेटिक साइन्टिस तथा कोरोना परीक्षण विज्ञ समूहका बलराम गौतमले अब प्रदेश १ मा पनि परीक्षणको दर बढ्ने सुनाए ।

 प्रदेश १ का क्वारेन्टाइनबाट ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिने भएको छ ।

भोलिबाट झापाको मेचीनगर र भद्रपुरमा सेनाको क्वारेन्टाइनमा रहेकाहरूको आरडीटी सुरु हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *