Home / Nepal / News / चीनले रसुवागढी नाका खेल्न नदिने

चीनले रसुवागढी नाका खेल्न नदिने

काठमाडौं । सरकारले अत्यावश्यक सामग्री आयातका लागि चीनतर्फका नाका खेल्न आग्रह गरे पनि चीनले रसुवागढी नाका खेल्न नदिने स्पष्ट पारेको छ ।

चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सार खोल्न उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले चीनलाई पत्राचार गरेको थियो । 

सिन्धुपाल्चोकस्थित तातोपानी नाका बुधबार साँझदेखि खुले पनि रसुवा नाका भने अझै केही समय नखुल्ने भएको हो ।

नेपालस्थित चिनियाँ दूतावासले पत्र लेखेर रसुवा नाका खोल्न नसकिने लिखित जानकारी गराएको हो ।

दुई वटा नाका मध्ये हाललाई तातोपानी नाका खोल्न सकिने तर रसुवा नाका खोल्न नसकिने जानकारी चीनले गराएको हो । 

नेपाल सरकारले पठाएको पत्रको जवाफमा चीनले तातोपानी नाकाबाट पनि अत्यावश्यक सामाग्री मात्रै आयात गर्न दिने बताएको स्रोतले बतायो ।

विशेषगरी चीन सरकारले तातोपानी नाकाबाट स्वास्थ्योपचारका लागि अत्यावश्यक वस्तु मात्रै ल्याउन दिने भनेको स्रोतको दाबी छ । 

यता, बुधबार साँझदेखि यी दुबै नाका आंशिक रुपमा खुलेको बताइएको थियो । 

रसुवा भन्सार नाका प्रमुख पुण्यविक्रम खड्काले हाललाई रसुवा नाका नखुल्ने बताए । उनले चीनले पत्र लेखेर यो नाका खुला गर्न नसकिने जनाएकाले तयारी गरेर पनि नाका खुल्न नसक्ने बताए । 

नेपालस्थित चिनियाँ दूतावासले पत्र लेखेर यस बारे लिखित रुपमै जानकारी गराएको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *