Home / Nepal / News / सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३२७ पुग्यो

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३२७ पुग्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ । 

सोमबार साँझसम्म २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा २८३ पुरुष र ४४ महिला छन् । सोमबारमात्रै सेती प्रादेशिक कोविड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणले दुईजनाको ज्यान गइसकेको छ । ५२ जनाले कोरोना जितेर घर फर्किएका छन् । 

मन्त्रालयका अनुसार संक्रमितमध्ये कैलालीका ९८, कञ्चनपुरका ६५, अछामका, १९, डडेल्धुराका ३९, दार्चुलाका १२ जना छन् ।  बझाङका १४, बैतडीका २७, डोटीका ३३ र बाजुराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आरडीटी र पीसीआर विधिबाट हालसम्म ८० हजार ३५९ जनाको परीक्षण गरिएको छ भने ११ हजार २९० जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *