Home / Nepal / News / सुदूरपश्‍चिममा ६७ % कोरोना संक्रमित डिस्चार्ज भए

सुदूरपश्‍चिममा ६७ % कोरोना संक्रमित डिस्चार्ज भए

corona recover children

काठमाडौं । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ८२ पुगेको छ । हिजो १७ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार ८२ पुगेको हो ।

हालसम्म दुई हजार सात सय ५१ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै एक हजार ७५ जना छन् ।

यस्तै अछाममा ६५१, बैतडीमा ३०३, बझाङमा १७१, बाजुरामा ४४९, डडेलधुरामा २९५ दार्चुलामा २०, डोटीमा ६०५ र कञ्‍चनपुरमा ५१३ जनामा संक्रमण देखिएको छ ।

प्रदेशभर ४ हजार ६ सय ९६ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *