Home / Sports / न्युजिल्यान्ड कोरोनामुक्त भए पछि खेल हेर्न बिना मास्क पुगे २० हजार दर्शक

न्युजिल्यान्ड कोरोनामुक्त भए पछि खेल हेर्न बिना मास्क पुगे २० हजार दर्शक

एजेन्सी । विभिन्न देशमा शिर्ष स्तरका खेलहरु कोरोना महामारीका बीच पुनः सुचारु हुँदै गर्दा खालि स्टेडियम र सामाजिक दुरी अनि सरसफाइ सम्बन्धी कडाइ नियम अपनाइ राखिएको छ ।

तर कोरोना मुक्त घोषणा भइसकेको न्युजिल्यान्ड भने अन्य मुलुकले देखिरहेको आशावादी भविष्यमा फर्किसकेको छ । 

शनिबार मात्र त्यहाँ ड्युनडिनस्थित फोस्र्थ बार स्डेडियममा झन्डै २० हजारको सङ्ख्यामा दर्शकहरु ‘सुपर रग्बी’ खेल हेर्न पुगेका हुन् जहाँ कसैको मुखमा पनि मास्क देखिएन भने फ्यानहरु उत्साहित हुँदै प्रत्येक स्कोरपछि एकअर्कालाई अंकमाल गर्दै खुसी मनाएको पाइएको छ ।

नागरिकहरुको सो खुसीले सामान्य जीवनमा फर्कदाको अवस्थालाई पनि झल्काएको बताइएको छ । 


अर्कोतर्फ बाँकी विश्व भने अझैपनि सामाजिक दुरीकरण र मास्कको प्रयोगलाई निरन्तरता दिन बाध्य छ ।

यसरी कोरोना विरुद्ध लड्न संघर्षरत् अधिकांश देशहरुलाई अहिले न्युजिल्यान्डले यो संकटमाथि जित हासिल गर्ने कुरा असम्भव छैन भन्ने देखाइरहेको छ ।

महामारी सुरु भएबाट २२ जनाको मृत्यु भएको न्युजिल्यान्डमा पछिल्लो २० दिनदेखि एकजना पनि नयाँ संक्रमित नथपिएको हुँदा अघिल्लो हप्ता लकडाउनलाई पूर्ण रुपमा हटाउने घोषणा गरिएको थियो ।

यसले पनि स्टेडियमलाई दर्शकले भर्ने मौका दिलाएको हो । 

अहिले युरोपेली फुटबल लिगहरु पनि बिस्तारै खेल जारी राख्ने प्रयास गरिरहेका छन् तर बन्द ढोकका पछाडि ।

यसमा केही समय अगाडि मात्र स्पेनको ला लिगा सुरु भएको हो भने आउँदो बुधबारदेखि इङ्लिस प्रिमियर लिग पनि सुरु हुँदैछ तर सबै खेल दर्शक विहिन हुनेछन् । 

यसअघि ताइवानले पनि बेसबल स्टेडियमहरुमा फ्यानहरुको उपस्थितिलाई अनुमति दिएको थियो जहाँ कोरोना भाइरस फेला परेदेखि केबल ७ जनाको मृत्यु भएको छ ।

तर त्यहाँ पनि स्टेडियमको ५० प्रतिशत क्षमता मात्र प्रयोग गरि सबै दर्शकबीच सामाजिक दुरी अपनाउन लगाइएको थियो ।   – सिएनएन  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *