Home / Uncategorized / ९ गतेपछि पनि नरोकिने यस्ता छन् १८ अत्यावश्यक सेवा

९ गतेपछि पनि नरोकिने यस्ता छन् १८ अत्यावश्यक सेवा

सरकारले राजपत्रमा अंकित अत्यावश्‍यक सेवाबाहेकका अन्य सेवा केही दिनका लागि उपलब्ध नगराउने भनेपछि सर्वसाधारणमा अन्योल देखिएको छ ।

सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न आग्रह गरे पनि केही सेवा भने आपतकालीन अवस्थामा पनि सञ्चालन गर्नैपर्ने कानुनी व्यवस्था छ ।

सरकारले राजपत्रमै सूचना निकालेर यस्ता सेवाको सूची बनाएको छ ।

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बाेधन गर्दै ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्न अपिल गरेका छन् ।

सरकारले भने पनि सबै सेवा भने बन्द हुने छैनन् । उपभोग्य वस्तुको ढुवानीदेखि स्वास्थ्य सेवालगायतका सेवा बन्द नहुने सूचीमा छन् ।

के-के हुन् त अत्यावश्‍यक सेवाहरू ?

  • दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
  • पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
  • सञ्चार सेवा
  • आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
  • खानेपानीको सञ्चालन तथा वितरण सेवा
  • पर्यटन, आवास, माेटेल, होटेल रेष्टुरा र रिसोर्टसम्बन्धी सेवा
  • अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवाजस्ता सेवाहरु)
  • औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
  • फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार -निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
  • बैंकिङ सेवा
  • बीमा सेवा
  • बिद्युत सेवा
  • डाँक तार वा टेलिफोन सेवा
  • स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
  • हवाई अड्डा ,हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
  • हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
  • प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
  • हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *