👉️स्कूल, कलेज, सिनेमा हल, क्लब, सभा समारोह, सांस्कृतिक पर्व तथा कार्यक्रमलगायतका सार्वजनिक स्थल र गतिविधिमा सरकारले रोक लगाउनेछ।
👉️सार्वजिनक स्थलमा हिडडुल गर्न प्रतिबन्ध लगाइनेछ। ( बिहान तथा बेलुका निश्चित अवधि तोकेर अति आवश्यक एवं दैनिक उपभोगका समान खरिद गर्न मौका दिइन्छ। )
👉️नाका सिल गर्ने, आपतकालीन अवस्थाबाहेक नियमित सार्वजनिक यातयातको सेवा स्थगित गर्ने,
👉️होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द गर्ने, अति आवश्यक सेवाबाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गर्ने, सरकारी अड्डाका जरुरी तथा आपतकालीन काम अनलाइनबाट गर्ने,
👉️नागरिकलाई घरमै अनिवार्य रुपमा बस्न आदेश दिइनेछ। आदेश उलंघन गरे कारबाही गर्ने व्यवस्था हुनेछ।
👉️गम्भीर विरामीबाहेक अरुलाई अस्पताल नआउन आग्रह गरिनेछ।
👉️ ‘लक डाउन’को अवधिमा नेपाली सेनालगायतका सुरक्षा निकायहरु परिचालन गरिनेछ।
👉️ ‘लक डाउन’ भनेको भारतमा भर्खरै जारी गरिएको ‘जनता कर्फ्यु’ जस्तै हो। मानिसहरुलाई बाहिर निस्कन प्रतिबन्ध लगाईनेछ।
👉️ यो महामारीबाट बच्नका लागि एकान्तवास अथवा ‘आइसोलेशन’ मुख्य उपायका रुपमा लिइएको छ। कोरोनाबाट आक्रान्त भएका चीन तथा युरोपका देशहरुले पनि त्यो उपाय कार्यान्वयन गर्न ‘लकडाउन’ को निर्णय गरेका छन्।






