धनगढी : नेकपा (एमाले)बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभाका
थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलको पूर्वप्रमुख सचेतक तारालामा तामाङले एकीकृत समाजवादीका पक्षमा सनाखत गराउनुभएको हो ।
योसँगै एकीकृत समाजवादीमा सनाखत गराउने एमाले प्रदेशसभा सदस्य १३ जना पुगेका छन् । उनीहरुले समाजवादी रोजे सँगै प्रदेशसभामा एमाले १२ जनामा खुम्चीएको छ ।






