Home / Nepal / News / विराटनगरमा थप एक संक्रमितको मृत्यु, विराटनगरमा मात्रै कोरोनाबाट मर्नेको संख्या १५ मृत्यु पुग्यो

विराटनगरमा थप एक संक्रमितको मृत्यु, विराटनगरमा मात्रै कोरोनाबाट मर्नेको संख्या १५ मृत्यु पुग्यो

विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ । कोसी अस्पताल मातहतको कोभिड–१९ उपचार केन्द्रमा सोमबार संक्रमित पुरुषको मृत्यु भएको हो ।

उनी विराटनगर महानगरपालिका वडा नम्बर १० निवासी हुन् । ७६ वर्षीय पुरुषको बिहान सबा ३ बजे उपचारको क्रममा मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताएका छन् ।

उनी  होम आइसोलेसनमै रहंदा स्वास्थ्य समस्या देखिएपछि परिवारले शनिबार अस्पताल भर्ना गरेका थिए । उनमा गत भदौ ११ गते संक्रमण पुष्टि भएको थियो ।

मृतकमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ । विराटनगरमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भइसकेको छ । रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *