काठमाडौं : चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ। दिउँसो नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट थप आठ लाख डोज खोप काठमाडौं आइपुग्नेछ ।
नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम ‘लट’ खोप ल्याउन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।
चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ। त्यो खोप कहिले नेपाल आउने भन्नेबारे टुंगो नलागेको व्यवस्थापन शाखाले जनाएको छ ।






