Home / Nepal / News / काठमाडौंमा स्कुटर पल्टिँदा दुईजना घाइते, एकको अवस्था गम्भीर

काठमाडौंमा स्कुटर पल्टिँदा दुईजना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं : काठमाडौंको तार्केश्वर नगरपालिका–२, काभ्रेस्थलीमा स्कुटर पल्टिँदा दुईजना घाइते भएका छन्।
घाइते हुनेमा स्कुटर चालक काठमाडौंको धापासी बस्ने गोरखाको आरुघाटका ३७ वर्षीय विनोद गुरुङ र पछाडि सवार गोरखाकै ओर्के गाउँपालिका–२ का ३७ वर्षीय कवि लामा रहेका छन्।

घाइतेहरूलाई उपचारको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जनाइएको छ। बिहीबार राति करिब पौने १० बजे बा७८प ५२४८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *