स्याउ एक फलफूल फल हो जुन स्याउको रूखद्वारा उत्पादित हुन्छ । स्याउको खेती विश्वव्यापी रूपमा खेती गरिन्छ । स्याउको उत्पत्ति मध्य एसियामा भएको इतिहाँस छ, जहाँ स्याउको जंगली पूर्वज, मालुस सिभेर्सी अर्थात दक्षिणी कजाकस्तानको मध्य पहाडमा भएको इतिहाँस छ ।
स्याउ हजारौं बर्ष देखी एसिया र युरोपमा उब्जाइएको छ र यूरोपियन उपनिवेशहरूले उत्तर अमेरिकामा ल्याए । हिन्दु पुराण, नोर्स, ग्रीक र युरोपियन, इसाई परम्परा सहित धेरै संस्कृतिमा स्याउको आफ्नै धार्मिक र पौराणिक महत्व छ ।

त्यसैले स्याउ प्राचीन भोजन र मानव इतिहासको शुरुदेखि नै मानव अनुभवको हिस्सा भएको छ ।
स्याउ मानवजाति अनुसन्धानमा प्रारम्भिक मानवहरूको आहारको एक हिस्साको रूपमा समेत फेला परेको छ र आदम र हब्बाको कथामा समेत स्याउलाई रोचक प्रसङगबाट रेकर्ड गरिएको छ ।
ग्रीक र रोमन पौराणिक कथाले स्याउलाई प्रेम र सौन्दर्यको प्रतीकको रूपमा दर्शाउँछ । र जब रोमीहरूले पहिलो शताब्दी बी.सी.ई. बारे इङल्याण्ड कब्जा गरे, तिनीहरूले आफूसित स्याउहरू पनि ल्याएका थिए ।
इसापूर्व ३५०० वर्ष अगाडि देखि मध्यएसिया र युरोपको भूमध्यसागर बीच व्यापार सुरु भए सँगसँगै व्यापारीहरुबाट स्याउको पनि युरोपमा प्रसार हुन थाल्यो ।
चीनबाट मध्यएसिया हुँदै युरोप पुग्ने व्यापारीक मार्ग (रेशम मार्ग) खुले पछि चीनका रैथाने जंगली तथा खेती गरिने स्याउका प्रजाती पश्चिम तर्फ र पश्चिमका प्रजातीहरु पूर्वी चीन तर्फ फैलिए ।
यसरी पूर्व र पश्चिमका विभिन्न प्रजातीका स्याउको मध्य एसियाको एकै स्थानमा खेती हुन थाले पछि एक आपसमा प्राकृतिक रुपमा क्रस भएर विभिन्न प्रकारका वर्णसंकर स्याउको उत्पत्ति भयो ।
मानिसहरुले राम्रा एवं स्वादिला फल हने बोटहरु छान्न थाले । हाल खेती गरिने प्रजातीको स्याउको उत्पत्ति यसरी नै भएको हो भन्ने पनि एक थरी वैज्ञानिकहरुको दाबी रहेको छ ।
इसापुर्व ३०० ताका इसाइ र इस्लाम धर्म प्रचारकहरुले विभिन्न देशमा स्याउको विस्तार गरे ।
युरोपका क्रिस्चियनहरुले स्याउलाई भगवानको विशेष फलको रुपमा मान्न थालेबाट पनि युरोपमा यसको विकास र विस्तार निकै चाँडो भयो ।
यसको फलस्वरुप तेह्रौ सताब्धि पछि युरोपमा व्यापक रुपमा स्याउका व्यवसायिक बगैंचा स्थापना हुन थाले । यसरी नै व्यवसायिक स्याउखेतीको सूरुवात भएको मान्न सकिन्छ ।
स्याउ सबैभन्दा महत्वपूर्ण शितोष्ण बाली हो ।
नेपालको उच्चपहाडी क्षेत्र तथा खास गरि कर्णाली अञ्चलमा इडी मयाल तथा सुर्खिलो जस्ता जंगली स्याउ रैथाने प्रजातीका रुपमा परापुर्व कालदेखि नै पाइने भएतापनि खेती गरिने उन्नत स्याउ नेपाल भित्र्याएर अध्ययन अनुसन्धान गरि व्यवसायिक खेती सुरु गरेको करीब ६ दशक मात्र भएको छ ।
वि. स. १९९४ राणा प्रधानमन्त्री चन्द्र शमसेरले कृषि विकास परिषदको स्थापना गरी काठमाण्डौँको छाउनी र गोदावरीमा फलफूल नर्सरीको स्थापना गराएका थिए ।
उनले यी नर्सरीमा जापान र इटलीबाट स्याउ लगायत हलुवावेद, आरुबखडा र लौकाटका विरुवा झिकाएर लगाउन लगाए ।
काठमाण्डौँको हावापानी स्याउको लागि उपयुक्त नभएको र त्यस समयमा राणा र तिनका दरवारमा काम गर्ने संभ्रान्त परिवारले मात्र फलपूmल बगँैचा लगाउने भएकोले यस क्षेत्रमा खेती विस्तार हुन सकेन ।
]नेपालमा फलपूmल बालीको विकासमा सहयोग पु¥याउन वि.सं. २०१७ देखि २०३० सालसम्म भारतीय सहयोग नियोग कार्यक्रम संचालन भएको थियो ।
यस नियोग मार्फत भारतीय सहयोगमा विभिन्न बागवानी केन्द्रहरुको स्थापना गरियो ।
स्याउ लगायत शितोष्ण फलपूmलको अनुसन्धान तथा प्रसार गर्न त्यस समयमा बागवानी फार्म सोलुखुम्बु, कीर्तिपुर, दामन, हेलम्वु, ककनी, रसुवा, मुस्तङ (मार्फा), जुम्ला, हुम्ला र बैतडी (सतबाँझ) स्थापना गरिए ।
सुरुमा भारतबाट र पछि बेलायत, इजरायल, पाकिस्तान, जापान र क्यानाडाबाट स्याउका उन्नत जात र रुटस्टक्स ल्याएर जातिय परिक्षण लगायत अन्य विविध अनुसन्धान सुरु गरियो यी बागवानी फार्महरु मध्ये हाल हेलम्वु, ककनी र रसुवा स्थित फामहरु बन्द भइसकेका छन् ।
अन्य बागवानी केन्द्रहरुमा ९० वटा भन्दा बढी विदेशबाट ल्याइएका जातहरुका मुल्याङ्कन र संरक्षण हुँदै आएको छ । जातीय परिक्षणको आधारमा केही जातहरुलाई व्यवसायिक खेतीका लागि सिफारिस गरिएका छन् ।
स्याउको तत्कालिन अनुसन्धान तथा विकासमा बागवानी अनुसन्धान केन्द्र राजिकोट, जुम्ला र बागवानी केन्द्र मुस्ताङको महत्वपुर्ण भुमिका रहेको छ ।
२०३० सालसम्म स्याउका कलमी बिरुवाको लागि भारतमा भर पर्नु पर्ने अवस्था थियो । तर कृषि वर्ष २०३२ सालमा स्याउ खेतीलाई उच्च प्राथमिकताका दिइयो ।
यसको फलस्वरुप देशमा नै कलमी बिरुवा उत्पादन गर्ने प्रविधिको विकास, सरकारी सहयोगमा निजी नर्सरीहरु पनि स्थापना र स्वदेशमा नै रुटस्टक्सको लागि विउ उपलब्ध हुन थाले पछि स्याउ बिरुवामा देश आत्मनिर्भर भयो ।
फलपूmल बालीहरुमध्ये विकासको लागि सरकारबाट उच्च प्राथमिकता पाएको बाली भएको र मुस्ताङ, जुम्ला लगायतका स्याउ उत्पादनको लागि अत्यन्त उपयुक्त हावापानी भएका जिल्लामा मोटर चल्ने सडक पुगेका कारण हाल स्याउको खेतीमा क्रमस विस्तार भइरहेको छ ।
सन् २०१३ मा विश्वभर करिव आठ खरव रुपैया बरावरको स्याउको व्यापार भएको थियो ।
तलको तलिका नं. २ मा विश्वका प्रमुख स्याउ निर्यात गर्ने र आयात गर्ने १० देशहरु र तिनले गर्ने कारोवार दिएको छ ।
उत्तरी र दक्षिणी गोलार्धमा स्याउ फरकफरक समयमा पाक्ने भएकोले चीन, अमेरिका जस्ता प्रमुख उत्पादक तथा निर्यातक देशहरुले पनि बेमौसममा स्याउ आयात गर्ने गर्दछन् भने कतिपय देशहरुले एक देशबाट आयात गरी अन्य देशमा निर्यात गर्दछन् ।
हाम्रो छिमेकी देश भारतले सन् २०१३ मा रु २१ अरवको स्याउ आयात गरेको थियो भने रु १ अरव ४० करोड बरावरको निर्यात गरेको थियो ।
स्याउको सेवनबारे यसरी नि भन्ने गरीएको छ ‘एन एप्पल अ डे कीप्स द डाक्टर अवे’ अर्थात हरेक दिन एउटा स्याउ खानुस, डाक्टरलाई टाढा राख्नुस् ।
स्याउको अनेकन् फाइदा हुँदाहुँदै कम मात्र मानिसले नियमित स्याउ खाने गर्छन् ।
तर नियमित स्याउ खाँदा थुप्रै फाइदाहरु हुने गर्छ । एक अध्ययनका अनुसार एउटा स्याउमा भारी मात्रामा फ्लेवोनोइड्स पाइन्छ ।
फ्लेवोनोइड्सले शरीरका एक मात्र होइन थुप्रै समस्याहरुबाट बचाउँछ । हरेक दिन एउटा स्याउ खाँदा स्याउमा पाइने यो तत्वले शरीरमा क्यान्सर रोग लाग्नबाट बचाउँछ । क्यान्सरबाहेक स्याउ खाँदा मुटु पनि स्वस्थ रहन्छ ।
स्याउले कोलेस्ट्रोल लेभल सन्तुलित राख्छ । जसले नसा गाँठो पर्न र हृदयघात हुन दिँदैन । नियमित स्याउ खाँदा शरीरमा कुनै पनि अंग सुन्निने समस्या आउँदैन । यसले शरीरमा डीएनएको लेभल सन्तुलन राख्छ । जसले रगतको क्यान्सर हुन दिँदैन ।
जसलाई भोक नलाग्ने समस्या छ उनीहरुले दिनदिनै स्याउ खानुपर्छ । साथै कलेजो सफा राख्नको लागि स्याउमा बिरे नुन र कागतीको रस हालेर खानुपर्छ । पाठेघरको अपरेशन गरेकाहरुले हरेक दिन स्याउ खानुपर्छ ।
साथै, पाठेघर काटेर फाल्नेहरुले कमजोरी, रिगंटा लाग्ने समस्याहरुबाट बच्न स्याउ खानुपर्छ । हरेक दिन स्याउ खाँदा रक्तसञ्चार नर्मल हुन्छ । रक्तचाप र मधुमेह जस्ता समस्याका लागि स्याउ खानुपर्छ ।
स्याउ बहुउपयोगी फल हो । यसलाई खाद्य पदार्थ, औषधीजन्य उपयोग र सौन्दर्य प्रसोधन सामाग्रीको रुपमा समेत प्रयोग गरिन्छ ।
स्याउको उपयोगिताका बारेमा तल संक्षिप्तमा उल्लेख गरिएको छ ।मुख्यरुपमा स्याउको प्रयोग ताजा फल खान नै गरिन्छ । बीउ र फलको भित्री भागभन्दा बाहेक बोक्रा सहित स्याउ खानु स्वस्थको लागि लाभदायक हुन्छ ।
स्याउको रस निकालेर तत्कालै खान वा प्रशोधन र संरक्षण गरी बोतलमा राखेर पछि प्रयोग गर्न पनि सकिन्छ । स्याउको रसलाई फरमेनटेसन गराएर साइडर बनाउन सकिन्छ । स्याउको रस वा गुदीबाट उच्चस्तरीय मदिरा (एप्पल ब्राण्डी) बन्दछ ।
ताछेको स्याउका चाना सुकाएर सुकुटीको रुपमा प्रयोग गरिन्छ । स्याउबाट जाम, जेली, एप्पल पाई (रोटी), केक चकलेटहरु, स्याउको बटर आदी परिकार पनि बनाइन्छ ।
स्याउ खेतीको सम्भावना भएका प्राय सबै ठाँउमा आधारभूत प्रविधिहरु उपलब्ध छन् र स्याउ खेतीप्रति त्यस क्षेत्रका किसान आकर्षित छन् ।
स्याउ उत्पादन हुने मुख्य जिल्लाहरु क्रमस सडक संजालमा जोडिइसकेका पनि छन् । नेपालमा स्याउको माग बढ्र्दो छ ।
अन्तरिक उत्पादनले अपुग भई हाल अरबौँ रुपँैया बरावरको स्याउ नेपालमा आयात हुन्छ । भविश्यमा शहरिकरण, आर्थिक बृध्दि र पोषिलो खानाप्रति जनचेतना बढ्दै जाँदा स्याउको माग अझ बढ्दछ ।
आर्थिक रुपले स्याउ खेती किसानहरुका लागि लाभदायक छ । साना किसान मात्र होइन ठूला व्यवसायीहरु पनि स्याउ खेती तर्फ आकर्षित हुँदैछन् ।
नेपालको स्याउ अन्य देशमा खास गरि बंगलादेश लगायत खाडी मुलुकहरुमा समेत निर्यात गर्न सकिने ठूलो सम्भावना छ ।
कृषि विज्ञहरुको सहयोगमा अशिम सापकोटाको रीपार्ट






