Home / World News / विश्वमा पछिल्लो २४ घण्टामा करिब १ लाख कोरोना संक्रमित थपिए

विश्वमा पछिल्लो २४ घण्टामा करिब १ लाख कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा करिब १ लाख कोरोना संक्रमित थपिएका छन् । एकदिनको अवधीमा विश्वका २१५ देशमा ९९ हजार ६८६ कोरोना संक्रमित थपिएका हुन् । 

सबैभन्दा धेरै अमेरिकामा २१ हजार ७५७ संक्रमित २४ घण्टामा थपिएका छन् ।

सोही अवधीमा ब्राजिलमा १६ हजार ५०८, रुसमा ९ हजार ४३४, भारतमा ६ हजार ६२९, पेरुमा ४ हजार ५६ संक्रमित थपिएका छन् । 

विश्वभरमा संक्रमितको संख्या ५३ लाख ९७ हजार ७७८ पुगेको छ । यसमध्ये २२ लाख ४४ हजार ८३० संक्रमित निको भएका छन् । २८ लाख ९ हजार ३५२ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

यसमध्ये ५३ हजार ५५३ संक्रमितको अवस्था गम्भीर छ । बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  

पछिल्लो समय अरु देशमा कोरोना संक्रमण विस्तारै नियन्त्रण हुँदै जाँदा ब्राजिल, रुस र भारतमा भने यसको संक्रमण तिव्र गतीमा फैलिरहेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *