पोखरा: ६१ बृद्धको बियरको बोतल प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन। पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा बेगनास ताल बस्ने ५० वर्षीय जुठे लामा रहेका हुन।
जुठेको कुटपिटबाट बुधबार साँझ ६१ वर्षीय शुर सिंह लामाको मृत्यु भएको हो। ति बृद्धलाइ कात्तिक १५ गते बियरको बोतलले कुटपिट गर्दा गम्भीर घाइते भएकामा बुधबार मृत्यु भएको हो।
शुरसिंहको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले कुटपिट गर्ने जुठे लामालाई पक्राउ गरेको बताएको छ।






