काठमाडौं: कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना अब खोल्ने तयारी गरिएको छ। चिडियाखाना बन्द रहँदा जीव जनावरको खानपान र अन्य प्रसासनिक खर्च धान्न नै मुस्किल भएकोले खोल्न लागिएको श्रोतले जनाएको छ।
कोरोना संक्रमणको जोखिमलाइ ख्याल गर्दै स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी गरिएको खोल्ने तयारी थालिएको चिडियाखाना व्यवस्थापन श्रोतले जनाएको छ।
लामो समयदेखि चिडियाखाना बन्द हुँदा आम्दानीको श्रोत पुर्णतः बन्द भएकोले चिडियाखाना व्यवस्थापनमा संकट उत्पन्न भएको चिडियाखाना ब्यबस्थापन प्रमुख चिरञ्जिवीप्रसाद पोखरेलले बताउनु भएको छ।
चिडियाखानामा विभिन्न मापदण्ड तयार पारी प्रवेशको बाटो खोलिने चिडियाखाना श्रोतले बताएको छ। हाल चिडियाखानामा बिभिन्न प्रजातिका १ हजार ६८ वटा जीव जनावर रहेका छन।
नँया मापदण्ड अनुसार प्रवेश गर्ने मानिसहरूले मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउनेजस्ता मापदण्ड तयार गरिएको जनाइएको छ।






