जाजरकोट: भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुर घर भएका नेपाली सेनाका अमलदार निर्मल बोहराको रहेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार घर बिदामा गएका बोहराले जाजरकोट स्थित मालिका ब्यारेकमा बुधबार दिउँसो आफू आउँदै गरेको जानकारी गराएका थिए।
बेलुका ब्यारेक पुगेका बोहरालाई सेनाको चेक प्वाइन्टले मादक पदार्थ सेवन गरेको भन्दै प्रवेशमा रोक लगाएपछि उनि ब्यारेक बाहिर गएका थिए।
भिरबाट लडेर घाइते अवस्थाका बोहरालाइ स्थानीय यातायात ब्यवसायीले उनलाई उद्धार गरेर जिल्ला अस्पताल पुयाएका पनि अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।






