काठमाडौं : सरकारले ‘प्लस टु’ र विश्वविद्यालय तहका १८ वर्षमाथिका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ।
सोही कार्यक्रमअनुसार सरकारले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एस्ट्राजेनेका खोप दिने निर्णय पनि गरेको छ।
तर, उमेर नपुगेका, कुनै स्वास्थ्य समस्या भएका र वा अन्य कारणले खोप नलगाएका विद्यार्थी पनि परीक्षामा सामेल हुन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप नलगाएका विद्यार्थीलाई स्वास्थ्यका मापदण्ड अपनाएर परीक्षामा सामेल हुन मन्त्रालयले अनुरोध गरेको छ।
परीक्षामा सहभागी हुनेमध्ये एक तिहाइ विद्यार्थीलाई खोप लगाएर भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्नसके जोखिम कम हुने विज्ञहरूले बताउँदै आएका छन् ।






