काठमाडौं : तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले १९ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–३ महर्जन चोक बस्ने सुनील महर्जनको घरमा अवैध रूपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय अनिल महर्जनलगायत ११ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई नगद दुई लाख ३८ हजार १८५ रुपैयाँसहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–३, नदीपुर बस्ने ३७ वर्षीया एकमाया रानामगरको घरमा तास खेलिरहेको अवस्थामा एकमायालगायत आठजनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १३० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ।






