काठमाडौं : समाजसेवी चिकित्सक डा. शंकरप्रसाद उप्रेतीको निधन भएको छ।
तेह्रथुमको आठराई मूल जन्मथलो रहेका डा. शंकरप्रसाद उप्रेती ८७ वर्षको उमेरमा निधन भएको हो। डा. उप्रेती केही समयदेखि अस्वस्थ थिए।
उनले राजस्थानको जयपुरस्थित मेडिकल कलेजबाट एमबीबीएसको अध्ययन पूरा गरेका थिए। एमबीबीएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका डा. उप्रेतीले अर्को ४० वर्ष झापाको शनिश्चरेमा बसोबास गरी त्यस क्षेत्रका बिरामीहरुको निःशुल्क उपचार गरेका थिए।
५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुन्। पछिल्लो समय पूर्णतः अवकास जीवन विताउँदै आएका थिए।






