काठमाडौं : साताको सुरुको दिन आइतबार सुन–चाँदीको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८८ हजार ३०० रुपैयाँ कायम गरेको छ। गएको शुक्रबार तोलाको ८८ हजार ८०० मा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८७ हजार ८५० रुपैयाँ कायम गरिएको छ। यसैगरी, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर तोलाको १३ सय २५ कायम भएको महासंघले जनाएको छ।






