काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आगामी प्रधानमन्त्री बनाउन सकिने नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।
प्राइम टाइम्स टेलिभिजनसँगको कुराकानीमा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
“शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सकिन्छ भनेर मैले पहिले पनि भनेको छु,” उनले भने, “केपी ओलीको कदमको विरोध गरेको नाताले पनि उहाँ शेरबहादुर देउवा ओलीसँग मिल्नुहुन्छ जस्तो लाग्दैन।”
“हाम्रो बीचमा पदको लागि विवाद हुँदैन । नेकपातिरबाट विवाद हुँदैन। पार्टी केपी शर्मा ओलीले नै फुटाइसक्नुभएको छ। संसद् भंग गर्ने काम पार्टी फुटाएको होइन ?,” दाहालले भने, “राजनीतिकरुपमा हिजोको सहमति अनुकूल छ। निर्वाचन आयोगमा आधिकारिकताको दाबी पनि गरेका छौँ। त्यसकारण तपाईँले सोध्दाखेरि खै फुटेको? भन्न मिल्छ त? संविधानअनुसार अगाडि ल्याइएको संस्था निर्वाचन आयोगले फैसला गर्नुपर्छ। सबै मिलेर निर्वाचन आयोगले फैसला गर्नुपर्ने हो नि।”
अध्यक्ष पुष्पकमल दाहालले नेकपा फुटिसकेको बताउँदै अब पनि एक भन्न नमिल्ने बताए।






