Home / Nepal / News / पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं : देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। आज दिउँसो वाग्मती प्रदेशसहितका देशका पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ।

प्रदेश नम्बर–१ को पहाडी भूभागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् महाशाखाका वरुण पौडेलका अनुसार देशका केही पहाडी भूभागमा एक–दुई दिन आंशिक बदली रहने छ। ‘पूर्व र मध्य क्षेत्र (वाग्मती प्रदेशसहित)का पहाडी भूभागमा एक–दुई दिन आंशिक बदली रहनेछ। गण्डकी प्रदेशमा भने आजैदेखि मौसममा सुधार हुँदै जानेछ।

आज देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सभावना रहेको छ। केही स्थानमा फाट्टफुट्ट वर्षा हुनसक्ने तर, तत्काल ठूलो वर्षा र मौसम परिवर्तनको सम्भावना नरहेको उनले बताए।

महाशाखाका अनुसार आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *