काठमाडौं : नेपाली कांग्रेसका भातृसंस्थाहरुले सोमबार १३ वटा देशभर संयुक्त रूपमा संसद् विघटनविरुद्ध प्रदर्शन गरेका छन्।
विघटनविरुद्ध प्रदर्शन काठमाडौंको रत्नपार्कमा आयोजना गरिएको थियो। उक्त प्रदर्शनमा कांग्रेस नेता प्रकाशमान सिंहलगायत सहभागी थिए। प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।






