सिमकोट : हुम्लाको खार्पुनाथ गाउँपालिका–१ की २१ वर्षीय गर्भवती महिला गीता बुढाको आज बिहान मृत्यु भएको छ।
जिल्ला अस्पताल हुम्लाका डा. टसी आङ्जुक लामाका अनुसार समयअघिनै सुत्केरी व्यथा लाग्दा फोक्सोमा समस्या भएर ति महिलाको मृत्यु भएको हो। शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको हो।
सुत्केरी व्यथा लागेको केही समयपछि गाउँबाट जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याए पनि भौगोलिक विकटताका कारण समयमै उपचार हुन नसक्दा हुम्लाकी गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको हो। ती महिलाले पाँच महिनाको शिशुलाई जन्म दिएको जानकारी प्राप्त भएको छ।






