Home / Nepal / पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्न निगमको निर्देशन

पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्न निगमको निर्देशन

काठमाडौं, ९ चैत । नेपाल आयल निगमले आ–आफ्ना क्षेत्रका कार्यालय प्रमुख तथा ढुवानी व्यवसायीहरुलाई स्थानीय प्रशासन तथा भन्सारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्न निर्देशन दिएको छ ।


आइतबार बसेको बैठकल मानिसहरुको आवागमनमा रोक लगाइको तर अत्यावश्यक सेवाको कारोबार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।

सात दिनसम्मका लागि नेपाल चीन तथा भारततर्फका सिमाहरु तत्काल बन्द गर्ने निर्णय मन्त्री परिषद्ले निर्णय गरे पछि निगमले सो विज्ञप्ति जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *