Home / Nepal / लेटाङमा कोरोनाको सक्रमण रोक्न नगरपालिकाले अपनायो यस्ता उपाय

लेटाङमा कोरोनाको सक्रमण रोक्न नगरपालिकाले अपनायो यस्ता उपाय


लेटाङ, १० चैत । कोरोना भाइरस अर्थात कोभिड १९ को सक्रमणबाट नगरबासी सुरक्षा गर्ने उदेश्यले लेटाङ नगरपालिकाले सुरक्षाका उपायहरु सुरु गरेको छ ।


शनिबार नगर प्रमुख शकर राईको कार्यकक्षमा बसेको स्थानिय सरोकारवाला सघसस्थाका प्रतिनिधिहरुबिचको बैठकको निर्णय बमोजिम आईतबारबाट नगरपालिकाको सकृयतामा सुरक्षाका बिबिध कृयाकलापहरु सुरु गरिएको हो ।


कसरी अपनाउँदै छ लेटाङले सुरक्षा ?
सक्रमणबाट जोगाउन तथा सक्रमित पहिचानको लागि नगर क्षेत्रमा प्रबेश गर्ने दक्षिण तर्फका ३ बटा नाकाबाट नै स्वास्थ्यकर्मी र सुरक्षा निकाय सहितको हेल्थ डेक्स सुरु गरिएको ।

हेल्थ डेक्स लेटाङ बजार क्षेत्रको लागि बिश्वकर्मा मन्दिर अगाडि, जाते नाकाको लागि जाते चौक र चिसाङ खोलापारीको लागि बुधबारे दक्षिण बिश्वकर्मा मन्दिर अगाडि राखिएको छ ।

त्यसैगरी नगरपालिकाले वडा नम्बर २ र ९ मा संक्रमणबाट जोगिन पर्चा पम्प्लेट सहित घरदैलो कार्यक्रम गर्ने र अन्य वडाहरुमा क्रमश सचेतना कार्यक्रम गर्ने समेत नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले बताउनु भएको छ ।

लेटाङमा कोरोनाको सक्रमण रोक्न नगरपालिकाले सुरक्षाका उपायहरु सुरु गरेको छ । तस्विर : च्यानल एलएम


त्यस्तै, हरेक निजि स्वास्थ्य क्लिनिकहरुले क्लिनिकमा स्वास्थ्य उपचारको लागि आउने ब्यक्तिको बिबरण हरेक २ दिनको अन्तरमा नगर स्वास्थ्य कार्यालयमा अपडेट गर्नुपर्ने छ ।


संक्रमण हुनबाट रोक्न नगर क्षेत्र बाहिरबाट आयात गरिने मासुजन्य सामाग्री तथा पशुपंक्षीजन्य सामग्रीमा रोक लगाइएको छ ।


नगरपालिकाले भिडभाडबाट संक्रमण बढ्नबाट रोक्न नगर क्षेत्रका साप्ताहिक हाट बजारहरु अनिश्चित समयको लागि स्थगित गरेको छ भने दैनिक उपभोग्य बस्तुमा हुने कृतिम अभाब सृजनालाई रोक्न उद्योग बाणिज्य संघ लेटाङले बजार अनुगमनलाई तिब्र बनाएको छ ।


साथै, लेटाङ खानेपानी तथा सरसफाई कार्यलयले बजार क्षेत्रका मुख्य मुख्य चौकहरुमा हात धुनको लागि धारा जडान गरेको छ भने लेटाङ बस तथा ट्याक्सी ब्यबसायी सङ्घले सबै यात्रुलाई यात्रा गर्दा साबुनपानीले हात धोएर मात्रै यात्रुलाई चढाउने तथा सिट क्षमता भन्दा बढी यात्रु नचढाउने जनाएको छ ।


कोरोना भाईरसबाट नगरबासिलाई जोगाउन जुनसुकै किसिमको सयन्त्र प्रयोग गर्ने बताउदै नगरप्रमुख शकर राईले सर्बसाधारणलाई हतोत्साहित गर्ने किसिमका सामाग्रीहरु सामाजिक सन्जालमा पोस्ट तथा शेयर नगर्न समेत आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *