प्रख्यात चिनियाँ व्यवसायी तथा परोपकारी ज्याक माले नेपालसहित नौ एशियाली मुलुकलाई कोरोनाभाइरसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।
शनिवार बिहान एउटा ट्वीट गर्दै उनले १८ लाख मास्क, २१०,००० टेस्ट किट, ३६,००० सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन्।
“यो चाँडै पुर्याउन सहज छैन। तर हामीले यो सम्पन्न गर्ने छौँ,” उनले ट्वीटमा लेखेका छन्।
कुन मुलुकलाई कुन सामान कति परिमाणमा दिइने हो भन्ने कुरा भने ट्वीटमा खुलाइएको छैन।






