Home / Nepal / आफ्नै आत्महत्याको झुटो खबरले पोर्नस्टार मिया खलिफा हैरान !

आफ्नै आत्महत्याको झुटो खबरले पोर्नस्टार मिया खलिफा हैरान !

काठमाडौं । सामाजिक सञ्जालमा ‘झुटको खेती’ गर्नेहरूको जमात ठूलै छ । फलोअर बढाउन, डलर तान्न, कसैको चरित्र हत्या गर्न कतिपय युजर हात धोएर लाग्ने गरेका छन् । यसका लागि उनीहरू जस्तोसुकै अफवाह फैलाउन पनि पछि पर्दैनन् ।

सामाजिक सञ्जालका यस्ता प्रयोगकर्ताका कारण नेपालमा मात्र होइन, विदेशमा पनि थुप्रै मानिस पीडित बनेका छन् ।

विदेशतिर चाहिँ खासगरी सेलिब्रेटीहरू यस्ता कुराबाट बढी चिन्तित छन् । किनकि, सेलिब्रेटीको मृत्यु भएको झुटो खबर फैलाउने ‘ट्रेन्ड’ जस्तै बनेको छ । 

पछिल्लो समय यस्तै अफवाहको सिकार बनेकी छन्, पूर्व पोनस्टार मिया खलिफा ।

मिया खलिफाले आत्महत्या गरेको भन्दै एक ट्विटर प्रयोगकर्ताले हल्ला फैलाउने प्रयास गरे । तर, यसबारे मियाले बेलैमा थाहा पाइन् र तत्कालै यसको प्रतिवाद गरिन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *