पोर्नहब र यसको अभिभावक कम्पनीलाई बलात्कार, बाल यौन शोषण, बेचबिखन र अन्य गैरकानुनी यौन सामग्री भिडियोहरूबाट गैर कानुनी नाफा कमाएको आरोपमा एक दर्जन महिलाले बिहीबार मुद्दा हालेका छन ।
पोर्नहबको अभिभावक कम्पनी माइन्ड गीक अनलाइन पोर्नोग्राफी कम्पनी हो, जसले यौन सम्बन्धी सामाग्रीहरुको उत्पादन तथा सम्प्रेसण गर्ने गर्दछ।
नाबालिग, बलात्कार र मानव बेचबिखन सहित यौन शोषणका पीडित हरुको तर्फबाट ब्राउन रुडनिक एलएलपीले माइन्ड गीक बिहिबार बिरुद्द मुद्दा दायर गरेका हुन्।
माइन्ड गीक ले १०० भन्दा बढी अश्लील वेबसाइट तथा उत्पादन कम्पनीहरु र पोर्नहब, रेड ट्यूब , ट्यूब ८ र YouPorn सहित ब्रान्डको स्वामित्व ८ राख्ने गर्दछ । कम्पनी मासिक ३ अरब ५० करोड भन्दा बढीको ब्यापार गर्ने गर्दछ।
पीडितहरूको प्रतिनिधित्व गर्ने वकिल माइकल बोएले पत्रकारहरूसँग कुरा गर्दै बलात्कार अश्लील सामग्री होईन यो त एउटा जघन्य अपरा ध हो जसको ब्यापार गरेर पैसा कमाउनु झन ठुलो अपराध हो ।
महिलाहरूले पोर्नहबलाई उनीहरूको सहमति बिना पोष्ट गरिएको भिडियोहरूबाट नाफा कमाएको आरोप लगाएका छन। पोर्नहबमा पोस्ट गरिएको भिडियोले सयौं महिलाहरुको जीवन बिगारीदिएको आरोप छ।
पोर्नहबले उजुरीको समीक्षा र अनुसन्धान गरिरहेको र यसले “यस प्लेटफर्मको दुरुपयोग सम्बन्धी प्रत्येक गुनासोलाई गम्भीरताका साथ लिने बताएको छ।






