काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन- चाँदीको मुल्यमा भारी गिरावट आएको छ । सुनको मुल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ९ ० हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९ ० हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
बिहीबार छापावाल सुनको भाउ तोलाको ९ २ हजार रुपैयाँ कायम थियो भने तेजावी सुनको मुल्य तोलाको ९ १ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै , चाँदीको मुल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५ रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार पनि सुनको भाउ प्रतितोला १ हजार १ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको थियो ।
काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन- चाँदीको मुल्यमा भारी गिरावट आएको छ ।






