भारतबाट नेपाल प्रबेष गरेको जङली हात्तीको आक्रमण मा परी सुक्रवार मोरङको सुनवर्षी नगरपालिका ८ स्थित हर्चनगडीमा एक युवाको मृत्यु भएको छ।
शुक्रबार बिहान ६ बजेतर गाउँमा हात्ती आएको देखेपछि फोटो खिच्ने क्रममा २० वर्षका मनोहर मिया माथी हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का ले बताउनु भएको छ।
हात्तीको आक्रमणबाट घाइते भएका मनोहर लाइ उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पताला भर्ना गरीएकोमा उनको केही बेरमा मृत्यु भएको हो।






