Home / Nepal / News / गण्डकी प्रदेशमा १२ महिने शिशुसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा १२ महिने शिशुसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा १२ महिने शिशुसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित ४१ वर्ष उमेर समूहका १३ जना पुरुष, सोही गाउँपालिकाकाकै १० देखि २९ वर्ष उमेर समूहका ६ जना महिला, स्याङ्जाकै विरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका १र१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. विनोद विन्दु शर्माले जनाएका छन् ।

यस्तै, बागलुङको काठेखोला गाउँपालिकाका २० देखि ५० वर्ष उमेर समूहका ७ जना पुरुष, बागलुङकै ढोरपाटन नगरपालिकाका २५ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

नवलपुरमाको हुप्सेकोट गाउँपालिकाका २६ र ४० वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *